भोटेकोशी बाढी : हिमालको चेतावनी, जलवायु परिवर्तन र नेपालको प्रश्न
भोटेकोशीको पानी घटेपछि नदी किनारमा बाँकी रहेको दृश्य हेर्दा एउटा प्रश्न मनमा आउँछ – यो केवल बाढी थियो, कि हामीले लामो समयदेखि नसुनेको हिमालको चेतावनी पनि थियो? २०२६ अगस्ट २६ मा ल्हेन्दे खोला–भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीको प्रारम्भिक वैज्ञानिक पुनर्निर्माणले उच्च हिमाली क्षेत्रमा बरफ र चट्टानसँग सम्बन्धित ठूलो ढलान–विफलता (चयअप(ष्अभ बखबबिलअजभ) बाट बहाव सुरु भएको देखाउँछ । पछिल्लो उपग्रह–आधारित अध्ययनले करिब ३७.४ वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको र करिब १५.७ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक नक्साङ्कन गरेको छ । तर अनुसन्धानकर्ताहरूले यसको ठ्याक्कै आरम्भिक कारण अझै पूर्ण रूपमा निश्चित भइसकेको छैन भनेर स्पष्ट गरेका छन् । यसलाई सीधै “जलवायु परिवर्तनले बाढी गरायो” भन्नु वैज्ञानिक रूपमा पर्याप्त हुँदैन । तर तस्वीरको अर्को पाटो अझ गम्भीर छ । उच्च हिमाली क्षेत्रमा तापक्रम बढ्दा हिमनदी, बरफ र जमेको जमिनको स्थिरता कमजोर हुन सक्छ । वैज्ञानिकहरूले यस घटनामा असामान्य उच्च तापक्रम र हिमाली भू–भागको अस्थिरतालाई जोखिम बढाउने सम्भावित कारक मानेका छन् । हिन्दुकुश–हिम...